बैतडीको शाहीलेकमा कपडा बैँक सञ्चालनमा

धनगढी ः बैतडीको शाहीलेकमा कपडा बैँक सञ्चालनमा आएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेकमा कपडा बैँक सञ्चालनमा आएको हो।
‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर, अभियानमा सहभागीता जनाऔं’ भने उदेश्यसहित अनाथ तथा असहाय बालबालिकाहरूलाई न्यानो लुगा दिएर कपडा बैँकको शुभारम्भ गरिएको माया घर नेपाल, बैतडीका संयोजक महेशलदत्त भट्टले बताए।
माघ १ गतेदेखि नै कपडा बैँकका लागि कपडा संकलन सुरु गरिएको थियो। महेश दत्त भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकान्द पाण्डेयलेसहितको समूह मिलेर कपडा बैंक सञ्चालन गरेका हुन्।
असहाय, असक्त तथा आर्थिक अवस्था कमजोर भएकाहरू, बेसाहारहरू, जस सङ्ग आङ ढाक्न एकसरो लुगा नभएकाहरूलाई मौसम अनुसारको कपडा सहयोग गर्न लक्ष्य बैँकको छ। बैँक सञ्चालनमा आएदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले कपडा सहयोग गरेका छन। शनिवारसम्म २३० जना व्यक्तिहरूले पाँच सय थान लुगा, केही बेसाहारी वृद्ध व्यक्तिका लागि कम्बल समेत सहयोग गरेका छन।
बैतडीका १० वटै स्थानीय तहसम्म कपडा बैँकको सेवा विस्तार गर्ने योजना बनाइएको छ। भएकाले दिएर जाने, नभएकाले लगेर जाने उदेश्यका सात स्थापना गरिएको भएता पनि समाजमा सदभावना फैलाउने, परोपकारको बाटोमा लैजाने, समाजलाई मानवतावादी अभियानमा सहभागीता गराउने यसको मुख्य उदेस्य रहेको भट्टले बताए।



