सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार लगायत १६ बुँदामा सम्झौता

। फोटो स्रोत ।
२०७६ वैशाख २९, १२:३१ खबर संवाददाता

नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा र्पुयाउनेलगायत विभिन्न १६ बुँदामा सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो। दुवै देशका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ। सम्झौतामा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ।

यस्तै भियतनामले नेपाली सामान आयात गर्ने र भियतनामका व्यवसायीले नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति भएको छ। यस्तै पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ।

दुवै देशले क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने सहमति पनि भएको छ। सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गरेका छन।

यस्तै व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरेका हुन। रासस

कमेन्ट लोड गर्नुस