सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीको तोरी बरामद

२०८० माघ २०, ०८:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट भन्सार छलीको तोरी बरामद गरिएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-६ “ङ” गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४८ हजारको ६ क्विन्टल तोरी शनिवार (आज) बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५९ हजार ६ सय १० मूल्यका प्याज, चिनी, साडी, कट्टु, नरिवल, पास्ता, कालो नुन लगायतका सामान र जोशीपुर गाउँपालिका-३ मनिकापुरबाट ७ हजार मूल्यका बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस