सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

२०८० माघ १९, ०९:५४ खबर संवाददाता

शुक्रवारबाट बंगलादेशको ढाकामा सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको छ।

शुक्रवार साँझ भएको खेलमा पराजित भएसँगै नेपालको फाइनल सम्भावना समेत कमजोर भएको छ। बंगलादेशलाई अग्रता दिलाउने क्रममा सागोरिकाले ३९ औं मिनेटमा पहिलो गोल गरेकी थिइन। त्यस्तै पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा ४२ औं मिनेटमा मुनकी अख्तरले दोस्रो गोल गरेकी थिइन।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि नेपाल सफल हुन सकेन। ५४ औं मिनेटमा नेपालका लागि शुक्रिया मियाले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याएकी थिइन।  तर ५७ औं मिनेटमा सागोरिकाले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा नेपाल ३–१ ले खेलमा पछि प¥यो।

त्यसअघि दिनको पहिलो खेलमा भारतले भुटानलाई १०–० ले हराएको थियो। चार टोली सहभागि प्रतियोगितामा शीर्ष दुईमा पुग्ने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। अब नेपालले दोस्रो खेल भुटानसँग २१ माघमा खेल्ने छ भने तेस्रो तथा अन्तिम खेलमा भारतसँग २३ माघमा खेल्ने छ।
 

कमेन्ट लोड गर्नुस