सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पस हिजो, आज र भोलि

२०८० माघ १९, ०७:०१

मान सिंह धामी (भौनबाटी): सर्वप्रथम क्याम्पस स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु।

सुदूरपश्चिम प्रदेश, सेती अञ्चल, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका अन्तर्गत बजारको मुख्य केन्द्र एलएन चोकदेखि करिब १.५ किलोमिटर पूर्व वडा नम्बर –८ मा अवस्थित देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसको स्थापना वि.स २०३७ साल माघ– १९ गते आजकै दिनमा भएको हो। सुरुवातमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि पञ्चोदय माध्यमिक विद्यालयबाट सामुदायिक क्याम्पसको रूपमा व्यवस्थापन (कमर्स) संकायको पठन पाठन सुरुभएको कैलाली बहुमुखी क्याम्पस केही समयपछि धनगढीको वार्ड नम्बर – ८ मा भवन निर्माणगरी आफ्नै भवनमा सञ्चालनमा रहेको छ। वि.स २०६३ सालदेखि मेरो पनि कर्मथलो कैलाली बहुमुखी क्याम्पस नै भएकोले यस क्याम्पसको परिदृश्य चित्रण गर्न पक्कै पनि सजिलोभएको अनुभूति गरेको छु।

बृहत् क्षेत्रफल ओगटेको यस क्याम्पसको पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा इमानदार एवम् अनुशासित विद्यार्थीहरू यस क्याम्पसमा गहना हुन् । हुन त “न जाति छु न राम्रो छु कुन बन्छ र“ ! मैले क्याम्पसको बारेमा चित्रण गर्दै गर्दा आफ्नो कर्मथलोलाई कसले पो नराम्रो भन्लान र ? भनेर पाठकहरूले मलाई आफ्नो क्याम्पसको बढाई चढाईगरेको आरोप लगाउने पो हुन कि भन्ने सङ्कोच पनि लागिरहेको छ । तर यसरी बढाई चढाई गरेर लेख्दा लेखकलाई के नै फाईदा होला र ? सकेसम्म समाजलाई सत्य तथ्य कुराहरूको जानकारी गराउनु नै मानव धर्म हो । १७ वर्षदेखिको मेरो अनुभव, जानकारी, यथार्थ वस्तुस्थिति ऐना जस्तै छर्लङ्ग पार्ने प्रयास गर्ने छु ।
कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सञ्चालनमा रहेको छ ।

यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तह सम्मको पढाइ हुने गरेको छ । स्नातक तहमा सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय, वन विज्ञान (स्नातक तह) संकाय, व्यवस्थापन संकाय, विज्ञान संकायको पढाइ हुने गरेको छ । स्नातकोत्तर तहमा पनि सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायको पठनपाठन हुने गर्दछ । स्नातक तह शिक्षा शास्त्र संकाय अन्तर्गत अङ्ग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, कम्प्युटर साइन्स सूचना प्रविधि, लगायतका विषयहरूको पढाइ हुने गरेको छ । मानविकी संकायमा बिए. एल. एल. बी. , बि.एस.डब्लु. , ग्रामीण विकास , आम सञ्चार तथा पत्रकारिता, समाजशास्त्र, अङ्ग्रेजी, गणित, अर्थशास्त्र लगायतका विषयहरूको पठनपाठन हुने गर्दछ । व्यवस्थापन संकायमा बिबिएस, बिबिए, बिबिएम आदि विषयहरू र विज्ञान संकायमा बिएस्सी., सिएस.आइटी.  विषयहरूको पठनपाठन हुने गरेको छ ।
स्नातकोत्तर तहमा अङ्ग्रेजी,नेपाली, अर्थशास्त्र, स्वास्थ्य शिक्षा, समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिए, एमबिएस, एमडिएस (ःम्क्) आदि विषयहरूको पढाइ हुने गर्दछ । निकट भविष्यमा इन्जिनियरिङको पनि पढाईहुने प्रक्रिया अगाडि बढेको छ । यस क्याम्पसमा दक्ष तालिमप्राप्त दर्शनाचार्य (एम.फिल.), पिएच.डी. गरेका र दर्शनाचार्य (एम.फिल.) र पि.एच.डी. स्कलर प्राध्यापकहरू प्राध्यापनरत छन । समय समयमा विभिन्न अतिरिक्त कायाकल्पहरू आयोजना गरिन्छन् ।


देशकै अग्रणी यस शैक्षिक संस्थामा विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गर्दछन् । गरीब, जेहेनदार, अशक्त, अपाङ्ग विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । उपयुक्त खेलमैदान, पर्याप्त भौतिक पूर्वाधार, समय अनुसारको शिक्षा, दक्ष तथा योग्य प्राध्यापक, पुस्तकालय, समय समयमा आन्तरिक परीक्षाद्वारा विद्यार्थीहरूको मूल्याङ्कन, प्राथमिक उपचार कक्ष, उपयुक्त खेल सामग्री, स्वस्थकर चमेनागृह, सुरक्षित पिउने पानी, मोटरसाइकल, साइकल तथा गाडी पार्किङ, सुरक्षित शौचालय आदि यस क्याम्पसका मुख्य विशेषता हुन । क्याम्पसमा रिसर्च म्यानेजमेण्ट सेल (च्ःऋ), विभिन्न संकाय अन्तर्गतका विभागहरू गठन गरिएका छन् । क्याम्पसले हालै अनुसन्धानमा प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । क्याम्पसको यस्ता शैक्षिक उन्नयन तथा अनुसन्धानात्मक कृयाकलापहरूमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्‍याउने समाजसेवी, बुद्धिजीवी, विद्यार्थी लगायत सबै सबैलाई ह्रददेखि नै आभार प्रकट गर्दै क्याम्पसको शैक्षिक विकासमा यहाँहरूको अतुलनीय योगदान सधैँभरि रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ ।

पटक पटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (त्तब्ब्) प्राप्त यस क्याम्पसको थप उन्नति प्रगतिका लागि विश्वविद्यालय र समुदायको सहयोग, सुझाव आवश्यकपर्ने हुँदा सधैँभरि यहाँहरूको योगदान क्याम्पसको लागि अविस्मरणीय रहने छ भन्ने कुरामा विश्वस्त छु । यस क्षेत्रका शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिवी, राजनीति कर्मी, सामाजिक अभियन्ता, उद्योगी, व्यापारी, अभिभावक, प्राध्यापक, शिक्षक, कर्मचारी, कृषक, विद्यार्थी सबै सबैको क्याम्पसको उन्नतिमा महत्त्वपूर्ण योगदान रहेको कुरालाई कसैले पनि नकार्न सक्दैनन् र सधैंभरी यहाँहरूको सल्लाह, सुझाव, सहयोग रहिरहने छ भन्ने कुरामा विश्वस्त छु । क्याम्पस भए हामी हुन्छौं, तर हामी नभएपनि क्याम्पस हुनेछ । मेरो पनि कयाम्पससँग माना जोडिएको हुँदा क्याम्पस अभिभावकको कुशल व्यवस्थापनले गर्दा क्याम्पस सकारात्मक दिशामा अघि बढिरहेको मेरो ठम्याई छ ।

हाल यस क्याम्पसमा प्राध्यापक श्री तोयराज भट्टसर क्याम्पस प्रमुखको भूमिकामा रहनु भएको छ । वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु । क्याम्पस सम्बन्धी पाठकलाई थप जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । क्याम्पस स्थापना दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरि उल्लासमय वातावरणमा स्थापना दिवस मनाएका छौँ । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि समुदायका अभिभावक, शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिबी, राजनीतिकर्मी, विद्यार्थी, व्यापारी, उद्योगपति, जनप्रतिनिधि लगायत सबै जातजाति, धर्म, संस्कृति, विविध भाषाभाषी भएका आम नागरिकको क्याम्पस प्रतिको विश्वास, सद्‍भाव अझ बढ्दै जानेछ भन्ने पूर्ण भरोसाका साथ सरस्वती माताले हामी सबैलाई सत्बुद्धि प्रदान गरून् । जय सरस्वती माता !
धन्यवाद !
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
कैलाली

कमेन्ट लोड गर्नुस