सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौशलामा राखिएका पशुचौपाया घोडाघोडी नगरपालिकाले सडकमा छोड्यो

२०७६ वैशाख २९, ०७:२५ नवराज पनेरु

पशु अधिकारकर्मीले बनाएको गौशलामा राखिएका सयौँ पशुचौपाया कैलालीको घोडाघोडी नगरपालिकाले सडकमा उतारेको छ। पशुअधिकारका क्षेत्रमा क्रियाशिल स्नेहा द केयरले झण्डै १२ लाख खर्च गर्दै नगरपालिकाको वडा नम्वर ४ मा व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिकाले सडकमा ल्याएर छोडेको हो। पशुअधिकारका क्षेत्रमा क्रियाशिल स्नेहा द केयर सञ्चालीका स्नेहा श्रेष्ठले झण्डै १२ लाखको लगानीमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ को वनखेतमा व्यवस्थीत गरिएपनि नगरपालिकाले सडकमा छोडिदिएको बताईन्। उनका अनुसार चिसोका कारण सिस्ने जङ्गलमा पशु मर्न थालेपछि वनखेतमा तीन बिगाह क्षेत्रमा गौशाला निर्माण गरिएको थियो। गौशलामा २ सय १० वटा गाई गोरु व्यवस्थापन गरिएको थियो।

सो समयमा पशुलाई बचाउनका लागि बन्दागोपी, पराल, औषधी उपचारको व्यवस्था पनि पशु अधिकारकर्मीहरुले नै गरेका थिए। तर नगरपालिकाले व्यवस्थीत पारिएका पशुचौपायाका लागि समेत आहारको व्यवस्थापन गर्न नसकेको हो। सिस्ने जङ्गलमा छाडा पशुचौपाया छोड्दा सयौँ मरेपछि पशुअधिकारकर्मीहरुले वनखेलमा गौशला निर्माण गरेका थिए। तर घोडाघोडी नगरपालिकाले भने पशु चौपायाका लागि आहारको व्यवस्था गर्न नसकिने भन्दै गौशलामा राखिएका पशु चौपाया सडकमा ल्याएर छोडेको हो। घोडाघोडी नगरपालिका वडा नम्वर ४ का अध्यक्ष टेकवहादुर बुढाले आहारको व्यवस्थापन नहुँदा सडकमा छोडिएको बताए।

हुन त घोडाघोडी नगरपालिकाले पशुचौपाया व्यवस्थापनका लागि मात्रै ३० लाख बजेट विनियोजन गरेको छ। सिस्ने जंङगलमा राखिएका सयौँ पशु मरेपनि नगरपालिकाले आफ्नो बजेट खर्च गरेको थिएन्। वनखेतमा गौशला निर्माण गर्दा पनि नगरपालिकाको कुनै बजेट खर्च भएको छैन्। तरपनि नगरपालिकाले व्यवस्थीत राखिएका पशुचौपायालाई आहारको व्यवस्थापन गर्न नसकिएको भन्दै सडकमा छोडेर समस्या बढाएको छ। घोडाघोडी नगरपालिकाका मेयर ममता प्रशाद चौधरीले भने नगरपालिकाले पशु चौपाया पाल्न नसक्ने बताए। 

पशु चौपाया व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो। अन्य सस्थाले आएर व्यवस्थापन गर्दा समेत आहारको समस्या देखाएर नगरपालिका आफै पन्छिएपछि नगरवासी भने छाडा पशु चौपायाले निम्त्याएको समस्याले हैरान भएका छन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस