सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कटल्यान्डमा दुई नेपाली दिदीबहिनीको मृत्यु

२०८० माघ १९, १२:३३ खबर संवाददाता

काठमाडौँः स्कटल्यान्डमा दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ।

एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई नेपाली दिदीबहिनीको मृत्यु भएको हो। ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको मृत्यु भएको स्थानीय एबरडीन लाइभले जनाएको छ। करिब २२ वर्षीया आँचल पेसाले इञ्जिनियर र २४ वर्षीया शिक्षा आईटी अध्ययन गरी पेसामा आबद्ध थिइन्।

सुवेदी दिदीबहिनी डाक्टर यज्ञ सुवेदीका छोरीहरु हुन्। सुवेदी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन्। पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बसोबास गर्दै आएका छन्। ज्यान गुमाएका दिदीबहिनीको आउँदो मङ्गलवार दाहसंस्कार गर्ने तयारी छ।

आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरु बेहोस भएका र पछि मृत घोषणा गरिएको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण खुलिनसकेको स्कटल्यान्ड प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस