सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुथी बिद्रोहीले अमेरिकी जहाजमा आक्रमण गरेको दाबी

२०८० माघ १८, ०४:५१ खबर संवाददाता

एजेन्सीः यमनको हुथी समूहले अडेनको खाडीमा रहेको अमेरिकी व्यापारिक जहाजमा मिसाइल हमला गरेको दाबी गरेको छ।

उनीहरूले एक कन्टेनर जहाजलाई निशाना बनाएको बताएका छन्। इजरायली बन्दरगाहहरूमा जाँदै गरेको सो कन्टेनरमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले गाजासँग ऐक्यबद्धता र यमनमा अमेरिकी–बेलायत आक्रमणको बदलास्वरूप आक्रमण गर्नुपरेको बताए। उक्त आक्रमण रेड सीमा रहेको अमेरिकी विनाशक यूएसएस ग्रेभलीमा मिसाइल प्रहार गरेको केही घण्टापछि भएको हो। यस घटनामा अमेरिकी पक्षबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।
 

कमेन्ट लोड गर्नुस