सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरभित्र १९ वटा सडक निर्माणका लागि ठेक्का आह्वान

२०८० माघ १८, ०४:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरभित्र १९ वटा सडकहरुको निर्माण गर्न ठेक्का आह्वान गरिएको छ।

भौतिक पुर्वाधार मन्त्रालयको बजेटमा पुर्वाधार विकास कार्यालय कैलालीले धनगढी उपमहानगरभित्रका १९ वटा सडकको ठेक्का आह्वान गरेको छ। धनगढी उपमहानगरपालिका–४ रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरी–तुल्सीचोक–भगवती टोल सम्मको सडक, वडा नम्बर ३ वाणिज्य बैक–विशालनगर–जनता आधारभूत विद्यालय–विरेन्द्र चोक–रिङ्गरोड जोडने सडक, वडा नम्बर २ मेनरोड–रुवस होटल हुदै बैयावेहडी सडक, वडा नम्बर ३  को नेशनल मार्ग सडक र धनगढी–२ पुरानो भन्सार रोड सडक एकै प्याकेजमा ठेक्का आह्वान भएको छ।

त्यस्तै धनगढी ८ देखि १२ नम्बर वडासम्मको  धनगढी गाउँ–जुगेडा सडक, धनगढी–८ पुष्पलाल चोक–धनगढी गाउँसम्मकोे सडक, धनगढी–७ कैलाली बहुमुखी क्यामपस–जाखोरताल सडक र धनगढी–१ त्रिवेणी सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ।

धनगढी–५ नैनादेवि–पुरानो हसनपुर सडक, धनगढी ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा–वोराडाँडी–फाप्ला रिङ्गरोड सडक, धनगढी–१३ मैदामिल–कैलाली गाउँ प्रहरी पोष्ट–ढुंगेबजार सडक र धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर चोकदेखि पुर्व वडा कार्यालय जाने सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ।

धनगढी–११ वहिरा स्कुल–दक्षिणकाली टोल सडक, धनगढी–४ गठवन्धन चोक–शिवपुरीधाम सडकलाई एउटा प्याकजेमा राखिएको छ। धनगढी–६ मल्लो मटयारी– ढुंगेवजार–उत्तर कृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जाने सडक, धनगढी–४ शहिदगेट–शिवपुरी–न्यूरोड सडक खण्डदेखि कैलालीचोकसम्मको सडक कालोपत्रेका लागि एउटा प्याकेज बनाईएको छ। 

धनगढी–२ खप्तड वडीमालिका टोल सडक, र धनगढी २ कै नन्दलाल पन्तको घर देखि पुर्व भरत जोशीको घरसम्म पक्कीनाला सहित ढल निकासलाई एउटा प्याकेजमा राखेर पुर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेको छ। पुर्वाधार विकास कार्यालय कैलालीले १८ महिनाको अवधि तोकेर ठेक्का सम्झौता गरिने जनाएको छ। २०८२ को असारसम्म सबै सडक कालोपत्रे भईसक्ने पुर्वाधार विकास कार्यालय कैलालीमा प्रमुख रामचन्द्र खत्रीले बताए।

कमेन्ट लोड गर्नुस