सुदूर नेपाललाई विश्वसँग जोड्दै

शेयर बजार ९ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

२०८२ भदौ २, ०५:३३

धनगढीः हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७ सय ७० दशमलव ३९ विन्दुमा पुगेको छ।

आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ।

आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर ६ दशमलव १० प्रतिशतले बढेको छ। बजार सामान्य बढेको दिन सम्पदा लघुवित्त कम्पनीको शेयर भने ४ दशमलव ८१ प्रतिशतले घटेको छ।

आज नेप्से बढे पनि कारोबार रकम भने बढेको छ। हिजो ७ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ।

कमेन्ट लोड गर्नुस