सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यापारी अरुण चौधरी पक्राउ

२०८० माघ १८, ०२:२४ खबर संवाददाता

काठमाडौँः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ।

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्। त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो। उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन्।

कमेन्ट लोड गर्नुस