सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाले विकास आयोजनाको निर्माणका लागि दबाब यात्रा गर्ने

२०८० माघ १७, ०७:४८ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको छ।

माघ २१ मा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन्। पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन्। २२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन्। तर दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने रास्वपाले टुंग्याएको छ।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन्। दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन्। सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन्।

सहमहामन्त्री विपिनकुमार आचार्य, सहप्रवक्ता प्रतिभा रावल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र नेताहरू श्रीराम न्यौपाने, कृष्ण भेटवाल र खुश्बु सरकार श्रेष्ठ रहेको कार्यदलले दबाब यात्रा गरिने आयोजना, मोडालिटी र नेता चयन गरेको हो।
 

कमेन्ट लोड गर्नुस