पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र मन्त्री शाहलाई १० वर्षको जेल सजाय
एजेन्सीः पाकिस्तानको विशेष अदालतले मंगलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई गोप्य खुलासा गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको छ।
खानको राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (टीआईआई) ले ताकेताको पुष्टि गरेको छ। पार्टीले अदालतको निर्णयमा पुनरावेदन गर्ने बताएको छ। पूर्वप्रधानमन्त्री खानले देशको प्रतिष्ठामा आँच पुर्याएको र सुरक्षा र कुटनीतिक मामिलाबारे अरुलाई जानकारी गराएको आरोप लागेको थियो।