बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/acc-baitadi_0.jpg?itok=I9pZLYZV)
धनगढीः बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौज पानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका – ८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन ।
घाइते हुनेमा कालागाउँका ५० वर्षीय बिरे लुहार, २६ वर्षीय घुमरा विष्ट, ४० वर्षीय कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट १७ वर्षीय महेश विष्ट र ३० वर्षीय जिपभुपेन्द्र विष्ट रहेका छन् । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ। प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ।
![add](https://dineshkhabar.com/sites/default/files/1735057396558.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-12-18 at 11.06.58 AM.jpeg)