सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बेलौरीको उखुबारीमा बाघ!

२०८० माघ १६, ०३:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइमा बाघ देखिएपछि गाउमा त्रास बढेको छ।

मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखापरेको बाघ उखुबारीमा पसेको खबरपछि गाउँमा त्रास बढेको हो। स्थानीय अनिल चौधरीले आफूले उखु लोड गरिरहेका बेला बाघ देखेको बताए। चौधरीले बाघ देखेको पचुइ क्षेत्रमा सव–डिभिजन वन कार्यालय पचकडियाबाट वनकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय चितुवाको खोजी गरिरहेका छन्।

बाघ हो या अन्य जनावर हो यकिन भने भएको छैन। बाघ पसेको शंकास्पद ठाउँमा बेलौरी नगरपालिकाले ड्रोनमार्फत खोजी गर्ने नगर उपप्रमुख जोगराम चौधरीले बताए। गत वैशाख ९ मा पचुइ क्षेत्रमा बाघको आक्रमणबाट स्थानीय एक महिलाको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस