सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र दार्चुलाबाट अबैध सामान बरामद, एक जना प्रहरी नियन्त्रणमा

२०८० माघ १६, १२:२० खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र दार्चुलाको महाकाली नगरपालिकाबाट प्रहरीले अबैध सामान बरामद गरेको छ।

साथै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट करिब २० हजार १९० मुल्यका अबैध चिनी, मिठाई, खेलौना, अचार, सलाई, साबुन लगायतका सामान र धनगढी उपममहानगरपालिका–३ ब्यारेल नजिकबाट करिब १७ हजार ३७० मुल्यका प्याज, सरप, बेसन, नरिवल चकलेट, चप्पल लगायत गरी ३७ हजार ५६० मुल्यका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको हो।

त्यस्तै दार्चुलाको महाकाली नगरपालिका–४ बसपार्कबाट पनि प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। करिब एक लाख ९८ हजार मुल्यका चामलसहित ट्याक्टर र चालक दुहुँ गाउँपालिका–१ खर्राका उपेन्द्रसिंह धामीलाई सोमबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस