सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट वडा तहमा कांग्रेस अभियान

२०८० माघ १६, ०९:१५ खबर संवाददाता

काठमाण्डौँ: सांगठनिक सुदृढीकरणको लक्ष्यसहित मंगलबारबाट ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत ६५ जिल्लामा कांग्रेस वडा तहमा केन्द्रित हुने भएको छ। ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित अभियान २६ माघसम्म सञ्चालन हुनेछ। 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १० हिमाली र दुई भूकम्प प्रभावित जिल्लाबाहेक ६५ जिल्लाका सबै वडामा एकसाथ अभियान सुरु हुन लागेको जानकारी दिए। अभियान नहुने हिमाली जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र दैलेख छन्। 

कमेन्ट लोड गर्नुस