सुदूर नेपाललाई विश्वसँग जोड्दै

समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन सकेन : कांग्रेस नेता सिंह

। फोटो स्रोत ।
२०७६ वैशाख २८, ०१:३३ खबर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन्।

‘सरकार विकास बजेट खर्च गर्न नसकेर संघीयतालाई असफल बनाउन लागिरहेको छ’, उनले भने। पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए। उनले नेपाली जनतालाई अधिकार दिलाउन कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए।

नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै कांग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गरे। रासस
 

कमेन्ट लोड गर्नुस