सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्धाकी फरार महिला पक्राउ

२०८० माघ १५, ०४:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा कर्तव्य ज्यान मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्।

दोधारा चाँदनी नगरपालिका–१० की चाकुरी देबी रोकाया आइतवार पक्राउ परेकी हुन्। उनलाई २०६३ जेठ १६ गते सिला देबी रोकायाको ११ वर्षीय छोरा राजन रोकायालाई धारिलो हतियार प्रहार गरि मारेको आरोप लागेको थियो। उनी सोहि दिनबाटै फरार रहेकी थिइन्।

रोकायालाई इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो। रोकायालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस