सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुुरको बाणीबाट बेपत्ता भएका ओमप्रकाश भारतको बनबसामा भेटिए

२०८० माघ १५, ०१:३७ खबर संवाददाता

धनगढीः कञ्चनपुुरको बाणीबाट बेत्तत्ता भएका बालक भारतको बनबसामा भेटिएका छन्।

आफन्तहरुले खोजी गर्नेक्रममा सोमबार दिउसो उनी बनबसामा साईकल चलाइरहेको अवसथामा फेला परेका पारिवारिक स्रोतले जनाएको छ। धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी कञ्चनपुरको बाँणी स्थित आफ्नै घरबाट आइतबार बेपत्ता भएका थिए।

आमालाई एकै छिनमा आउछु भनेर घरबाट निस्केका उनी बेलुकी घर नफर्केपछि आफन्तहरुले प्रहरीमा निबेदन दिएका थिए। प्रहरीको सिसिक्यामेरामा उनी हाइसमा साइकल चढाएर महेन्द्रनगरतर्फ गएको पत्ता लागेको थियो। उनको मोबाइल ट्रयाक गर्दा उनी आइतबार बेलुुकी दोधारा–चाँदनीमा देखिएका थिए।

कमेन्ट लोड गर्नुस