सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एकजनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २८, ०१:०८ खबर संवाददाता

चितवन इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा एक जनाको मृत्यु भएको छ। बिहिबार थुनुवाकक्षमा रहेको शौचालयमा आत्महत्याको प्रयास गरेका चितवन कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङको शुक्रबार राति ११ बजे पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका थिए। घिसिङले आत्महत्याको प्रयास गरेपछि बिहिबार राति नै आफन्त र स्थानियवासीहरुले प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड समेत गरेका थिए।
 

कमेन्ट लोड गर्नुस