सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ उपमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८० माघ १३, ०६:०० खबर संवाददाता

काठमाडौँः चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायान र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

चारदिने नेपाल भ्रमणमा रहेकी उपमन्त्री सुन र ओलीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भेटका क्रममा नेपालको एक चीन नीतिबारे कुरा राखेका थिए।

ओलीले त्यसलाई सिद्धान्त मात्रै नभएर व्यवहार पनि भएको बताए। नेताहरूका अुनसार उनीहरूबीचको भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न आयमहरूका विषयमा छलफल भएको थियो।  

कमेन्ट लोड गर्नुस