सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीको १७ औँ वार्षिकोत्सव सम्पन्न 

२०८० माघ १३, ०५:०४ खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर , कैलालीको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ। शनिवार एक समारोहमा वार्षिकोत्सव सम्पन्न भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गणपति रामहरि अधिकारीले गरेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता ठेकेन्द्रराज जोशी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रा, सशस्त्र प्रहरी उपरीक्षक र कैलाली जिल्लाका प्रहरी प्रमुख देवेन्द्रबहादुर पाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढीको स्थापना  गर्ने निर्णय सरकारले २०६४ साल कात्तिक १६ गते गरेको हो। पहिलो पटक धनगढीमा गणको स्थापना भने २०६४ साल माघ १३ गते भएको हो। गण विधिवत रुपमा स्थापना भएको अवसरमा यो वर्षबाट स्थापना दिवस मनाउन लागेको बताइएको छ। कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा रहेर उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार वितरण र सांस्कृतिक प्रस्तुति देखाइएको थियो।
 

कमेन्ट लोड गर्नुस