सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

२०८० माघ १३, ०८:०८ खबर संवाददाता

धनगढीः धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३५ हजार ६ सय ४० मूल्य बराबरको राजिस्थानी ब्लाउज १ रोल, प्याज, मिठाई लगायतका सामान बरामद गरिएको छ।

भजनी नगरपालिका-३ धुसीबाट अन्दाजी ३३ हजार ४ सय मूल्य बारबरका चिनी, सुर्ती, बिडी, सुर्ती लगायतका सामान गरी जम्मा अन्दाजी ६९ हजार ४० मूल्य बराबरको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस