सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१९ विश्वकपमा अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

२०८० माघ १२, ०५:०८ खबर संवाददाता

यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाउन सफल भयो।

सुरुवतामा पूर्णरुपमा हावी भएको नेपालविरुद्ध पछिल्लो क्रम सम्हालिँदा कमजोर स्कोरबाट अफगानिस्तान केही माथि उठेको थियो। ४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि क्रिजमा केही सम्हालियो। उसले सातौं विकेटका लागि ४२ रनको साझेदारी ग¥यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो।

नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ५५ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई केहीमाथि लगेका थिए। अफगानिस्ताका लागि कप्तान नसिर ३१ रनमा आउट हुँदा एएम घजनफारले ३७ रन बनाए। त्यस्तै, फरिदोन दावदजाइले २९ रन बनाए। नेपालका लागि आकाश चन्दले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए। त्यस्तै, गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १–१ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस