सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुर्घटना: ठक्कर दिने ट्रकमाथि आगजनी, अश्रृग्यास प्रहार

२०७६ वैशाख २७, ०७:०७ खबर संवाददाता

मोहनापुल–अत्तरिया ६ लेख सडकमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा स्कुटर चालकको  मृत्यु भएपछि ट्रकमाथि तोडफोड र आगजनी गरिएको छ। ठक्कर दिने भारतीय नम्वरको युपी ३१ टि ४८१७ नम्वरको ट्रक तोडफोड र आगजनी गरिएको हो। आक्रोसीत स्थानीयले सडक अवरुद्धको पनि प्रयास गरेका छन्।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ।आज साँझ सो ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मुत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत नेतृत्वको टोली परिचालन गरिएको छ।

यो पनि पढ्नुहोस

धनगढीको राजपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 

कमेन्ट लोड गर्नुस