सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको राजपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ज्यानमारा बन्दै ६ लेन सडक

२०७६ वैशाख २७, ०६:०१ खबर संवाददाता

महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको  मुत्यु भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको हो।  स्कुटरमा सवार अन्य एक जना भने घाईते भएको र उनको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

निर्माण सुरु भएसंगै मोहनापुल अत्तरिया ६ लेन सडकमा दुर्घटना बढ्दै गएका छन्।  सडकमा निर्माणाधिन अवस्थामा रहेका कल्भर्टमा पनि धेरै पटक सवारी दुर्घटना भईसकेको छ। निर्माण सुरु भईसकेपछि ६ जनाले ज्यान गुमाईसकेका छन्। १४ किलोमिटरको दुरीमा पछिल्लो एक बर्षमा मात्रै ६ जनाले अकालमै ज्यान गुमाएका हुन्। अन्य धेरै घाईते भएका छन्। आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ। २०७४ मंसिर ५ गते धनगढी उप–महानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जादै गरेको ना.४ ख ३३३९ नम्बरको भाडाको बसले साईकल यात्रुलाई ठक्कर दियो। साईकलमा सवार कञ्चनपुर गुलरीयाका ३० बर्षिया सञ्जिव राजीको ज्यान थियो। मंसिर १३ गते कञ्चनपुरको  बेलौरी नगरपालिका २ का २० बर्षिया पदम भण्डारी र  गोदावरी नगरपालिका ५ का २८ बर्षिया गगन भाट सवार लु.३४ प ३८२२ नम्बरको मोटरसाईकलले ना.५ ख ५५८ नम्बरको ट्र्याक्टरलाई उछिन्दा दुर्घटना भयो। दुबै जना घाईते भए।

२०७४ को पुष २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाढी दुर्घटना भयो र धनगढी उप–महानगरपालिका ४ का भुपेन्द्र रावतको मृत्यु भयो। बाजुराबाट धनगढी आउदै गरेको ना.५ ख ८४६ नम्बरको बसले रावतको मृत्यु भएको थियो। २०७४ को माघ २६ गते बोराडाडीमा से.१ ख ९९५ नम्बरको ट्रकले साईकललाई ठक्कर दियो।धनगढी विशालनगरका डम्मरी ठकुराठी घाईते भए।  चैत्र १२ गते २०७४ मा धनगढी वडा नम्बर १३ एरपोर्ट जने बाटो नजिक से.५ प ९००७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ का २५ बर्षिय तिलकबहादुर रोकाया गम्भिर घाईते भए। आयोजना सुरु भएको पहिलो बर्ष मात्र दुई जनाको मृत्यु भएको थियो। 

बैशाख १६ गते बोराडाडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको से.३ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार धनगढी ४ का २७ बर्षिय अशोक पाण्डेको मृत्यु भयो भने २०७५ कार्तिक २ गते मोहनपुरमा से.३ प ३९७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भयो र मोटरसाईकल चालक धनगढी ४ का २० बर्षिय सागर चौधरीको मृत्यु भयो। जेठ २६ गते धनगढी–अत्तरिया सडक खण्डमा ना.४ ख ८२३२ नम्बरको बस र से.६प ५०३२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिए। माटरसाईकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का शुभम चन्द र धनगढी ४ का आकाश ढकाल घाईते भए। यस्तै कार्तिक ७ गते भएको दुर्घटनामा से. १ प ११३८ नम्बरको जिपले बा. ११ प.३९५४ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा लिलादेवी सिँह घाईते भए। 

 

कमेन्ट लोड गर्नुस