धनगढीमा अन्तर विद्यालय खुला फुटवल प्रतियोगिता हुँदै
धनगढीः कैलालीको धनगढीमा दोस्रो ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय खुला फुटवल प्रतियोगिता आयोजना गरिने भएको छ।
यही माघ १५ गतेदेखि ‘खेल स्वास्थ्यका लागि, बिद्यार्थी राष्ट्रका लागि’ भन्ने मुल नारासहित फुटवल प्रतियोगिता आयोजना हुने भएको हो। क्रेसेन्ट सिटि स्कुल धनगढीको आयोजनामा फुटवल प्रतियोगिता आयोजना गरिने लागेको हो। प्रतियोगिताका संयोजक सागर साउँदका अनुसार फुटवल प्रतियोगिता माघ १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। धनगढीसहित विभिन्न १६ विद्यालय सहभागी प्रतियोगितामा ९ देखि १२ कक्षासम्मका विद्यार्थीको सहभागिता रहनेछ।
प्रतियोगितामा प्रथम पुरस्कार ६५ हजार नगदसहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगदसहित ट्रफी, मेडल रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई नगद ३ हजार, मेडल र प्रमाणपत्र उपलब्ध गराइनेछ। साथै उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्रदान गरनेछ।