सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाईते

फोटो :धर्म सुनारको फेसबुकबाट
फोटो :धर्म सुनारको फेसबुकबाट
२०७६ वैशाख २७, ०५:०३ खबर संवाददाता

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन्। जिल्ला सदरमुकाम मार्तडीबाट  कोल्टी जादै गरेको लु ४ त ७८१ नम्बरको बुढिनन्दा नगरपालिका ५ को दान सागु भन्ने स्थानमा दुर्घटना हुँदा एकजनाको मृत्यु र दुईजना घाईते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक उधव भाटले मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका ७ का  २१ वर्षीय डपेन्द्र खड्का रहेको जानकारी दिए। चालक कैलालीको घोडाघोडि नगरपालिका १० का १९ वर्षीय खगेन्द्र चौधरि र स्वामी कार्तिक गाउँपालिका ३ का  प्रकाश शाहि  घाईते भएको उनले बताए। घाईतेहरुको कोल्टीमा उपचार भइरहेको छ तर दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस