यु–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित
नेपाल अन्डर १९ विश्वकप क्रिकेटमा लगातार दोस्रो पराजयसँगै समूह चरणबाटै बाहिरिएको छ।
आफ्नो दोस्रो खेलमा नेपाल आज पाकिस्तानसँग ५ विकेटले पराजित भयो। समूह डी बाट नेपाल र अफगानिस्तान बाहिरिएका छन्। यो समूहबाट न्युजिल्याण्ड र पाकिस्तान सुपर ८ मा प्रवेश गरेका छन्। दुवैको ४–४ अंक भएको छ। नेपाल र अफगानिस्तान अंकविहीन छन्।
१९८ रनको लक्ष्य पाकिस्तानले आज १७ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको हो। उसका लागि अजान अविसले अविजित ६३ रन बनाए। नेपालका लागि आकास चन्दले ३ तथा दिपेश कँडेल र आकास त्रिपाठीले १–१ विकेट लिए। त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै ओभर खेलेर सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।