टेलिकमका तत्कालीन निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका विकल पक्राउ
काठमाडौँः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ।
अख्तियारको टोलीले बुधवार दुई जनालाई पक्राउ गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। उनीहरू विरूद्ध छुट्टाछुट्टै भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता छन्। सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्।
अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो।