सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामान बरामद

२०८० माघ ९, ११:४३ खबर संवाददाता

कैलालीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोक र सहिदगेटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २५ हजार १ सय ५० मूल्य बराबरको चिनी, प्याज, प्लाष्टिक, साबुन, नरिवल लगायतका सामानहरु सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बिद्युत कार्यालय नजिकबाट ९१ हजार २ सय ५० मूल्य बराबरको चिनी, मिश्री, तेल, दाल, प्लाष्टिक लगायतका सामान सोमवार नियन्त्रणमा लिएको हो। उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस