सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम मधेससँग पराजित

२०८० माघ ८, ०४:३९ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम मधेस प्रदेशसँ ८० रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई ४४.५ ओभरमा २३९ रनमा अलआउट गर्दै मधेसले २ अंक थपेको हो। सुदूरपश्चिमका नरेन भट्टले शतकीय पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। उनले १२२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए। मधेसका राजेश यादव र प्रदिप पासवानले ३–३ विकेट लिए। रंजित कुमारले २ तथा पवन सराफ र हरिशंकर शाहले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ३१९ रन बनाएको थियो। सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए। जितसँगै मधेस तेस्रो स्थानमा उक्लिएको छ। सुदूरपश्चिम भने चौथो स्थानमा झरेको छ।
 

कमेन्ट लोड गर्नुस