सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा विमान बेपत्ता

२०८० माघ ७, ०५:४२ खबर संवाददाता

एजेन्सीः  अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले बताएका छन्।

चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा ६ जना रहेका छन्। दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन।

प्रान्तीय सूचना विभागका प्रमुख जबिहुल्ला अमिरीले भने, ‘विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए। हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ तर कुन ठाउँ भने खुल्न सकेको छैन। हामीले खोजीका लागि टोली पठाएका छौँ।’उद्धार टोली घटनास्थल पुगेर सूचना पठाउन अझै केही समय लाग्ने छ। 
 

कमेन्ट लोड गर्नुस