सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

२०८० माघ ६, ०७:२५ खबर संवाददाता

काठमाडौं: यातायात व्यवस्था विभागले ६ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नेपाल आइपुगेको जनाएको छ।

विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ। विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरूले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो।​​ सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए।

प्रवक्ता पनेरूका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ। बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको ल्याब टेस्ट गराइन्छ। उनले भने, ‘हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौं र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया शुरू गर्छौं।’ विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको शुरू हुने निर्देशक पनेरूले प्रतिबद्धता जनाए। उनले बाँकी रहेको छ लाख कार्ड पनि ४५ दिनभित्रमा सम्झौता भएको कम्पनीबाट आइपुग्ने जानकारी दिए। 

कमेन्ट लोड गर्नुस