सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरीबाट युवक कुटिए

२०८० माघ ५, ११:३३ खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले एक युवकमाथि कुटपिट गरेको छ।  वनबासाबाट समान ल्याउदै गरेका वेदकोट नगरपालिका–१  हात्तिथलाका वसन्तबहादुर धामी सशस्त्र प्रहरीबाट कुटिएका हुन्। 

नेपाल–भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारले कर्णबहादुर बोहराले उनीमाथि निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका छन्। बिहिवार साँझ बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले उनीमाथि कुटपिट गरेको आरोप छ। धामी सिभिल पोसाकमा रहेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले जथाभावी गाली गलौचसहित टाउकोमा टर्च लाइटले हिर्काउदा गम्भीर घाइते भएका हुन्।

घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। धामीको टाउको दुई ठाउँमा फुटेको छ भने, उनको टाउकोमा १० ‘टाका’ लागोका छन। घाइते धामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले ज्यान मार्ने उद्श्यले कुटपिट गरेको भन्दै कारबाहीका लागि प्रहरीमा निवेदन दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस