जिपको ठक्करबाट बैतडीमा एक बालकको मृत्यु, विरोधमा महाकाली राजमार्ग अवरुद्ध

जिपको ठक्करबाट बैतडीमा एक बालकको मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाँउपालिका वडा नम्बर ६ मा जिपले ठक्कर दिदा ३ बर्षिय युकेश साउँदको मृत्यु भएको बैतडी प्रहरीले बताएको छ। गेकुलेश्वरबाट सतबाँझ जाँदै गरेको से १ ज ६०३ नम्बरको जिपले बालकलाई ठक्कर दिएको हो। जिपको ठक्करबाट घाईते भएका बालकको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडी प्रहरीका प्रवत्ता दिपक पातलीले बताए। जिप चालक विक्रम विष्टलाई जिप सहित प्रहरीले नियन्तणमा लिएको छ। दृर्घटना पछि महाकाली राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

