सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानद्धारा इरानमा प्रत्याक्रमण

२०८० माघ ४, ०५:३३ खबर संवाददाता

एजेन्सीः बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि अब पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ – यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान पाकिस्तानले इरानको सिस्तान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादीहरूको विशेष रूपमा पहिचान गरिएका लक्ष्यहरूमा आक्रमण ग¥यो। गुप्तचर सूचनाका आधारमा सञ्चालन गरिएको ‘मार्ग बार सर्माचार’ नामक अपरेशनमा धेरै आतंककारी मारिएका छन्।’

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, “पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ। पाकिस्तानले भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्नेछ।” मंगलवार पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको थियो। इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल–अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ। पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाएको थियो र दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो। 
 

कमेन्ट लोड गर्नुस