सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट सालकको १० किलो खपटासहित दुई जना पक्राउ

२०८० माघ ४, ०३:३१ खबर संवाददाता

धनगढी :  कैलालीबाट लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहिवार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। 

कैलाली प्रहरीका अनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– ४ का ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका– ८ को ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन्।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक(सई) सुशिल चन्द र इलाका प्रहरी कार्यालय, सुखडको संयुक्त टोलीले उनीहरु सवार सुदूरपश्चिम प्रदेश ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो।

खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ।

प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय वन्यजन्तुको ओखेटोपहार तस्करीलाई लक्षित गरेर अप्रेशन चलाएको छ। यसअघि गत पुसमा पनि कैलालीको चुरेबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस