सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयुश्माको उपचार गर्न प्रहरी सहायक निरीक्षक २-१७८ औ समूहबाट सहयोग

२०८० माघ ४, ०३:१० खबर संवाददाता

धनगढीः नेपाल प्रहरीका जवान आयुश्मा पुनमगरको भारतमा उपचारका लागि आर्थिक सहयोग गरिएको छ। कलेजोको बिरामी रहेकी पुनलाई प्रहरी सहायक निरीक्षकहरूले २ लाख १२ हजार सहयोग गरेका हुन्।

बाग्लुङको ढोरपाटन नगरपालिका–५ की पुर्व महिला भलिबल खेलाडीसमेत रहेकी पुनको भारतमा उपचारका लागि आर्थिक सहयोग गरिएको हो। उनको कलेजो प्रत्यारोपण गर्नुपनृे भएको छ। नेपालमा कलेजोप्रत्यारोपण नहुने भएपछि उनलाई भारत लैजाने तयार छ। भारतमा कलेजोको प्रत्यारोपण गर्न शुल्क धेरै लाग्ने भएकाले प्रहरीहरूले नै आर्थिक सहयोग गरेका हुन्। तीन दिनमा उनीहरुले २ लाख १२ हजार चार सय २ रुपैयाँ ६६ पैसा आयुश्मा पुनमगरको बैँक खातामा जम्मा गरेका हुन। प्रहरीको सात वटा समूहबाट सात जना प्रहरी सहायक निरिक्षकहरूले आर्थिक सहयोग गरेका थिए।

प्रहरी सहायक निरीक्षक जीवन विष्टका अनुसार प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८ औ समूहबाट प्रहरी जवान पुन मगरको कलेजो प्रत्यारोपणका लागि सहयोग गरिएको हो। 

आर्थिक सहयोग गर्ने सदनहरू :

१. लिगलिग सदन ५१,२१४.६६।–

२. रानीमहल सदन ३७,२७१।–

३.पाँच पोखरी सदन ३१,५८६।–

४.काक्रे बिहार सदन २७,५००।–

५.दोधरा चाँदनी सदन २६,२०७।–

६.रौतारानी सदन २०,५८४।–

७.फूलबारी सदन १८,०४०।–

जम्मा रकमः २१२,४०२.६६।–

 

कमेन्ट लोड गर्नुस