सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा टिप्पर दुर्घटनामा परेका सहचालकको मृत्यु

२०८० माघ ४, ०२:५१ खबर संवाददाता

धनगढी : बैतडीमा भएको टिप्पर दुर्घटनामा परेका सहचालकको मृत्यु भएको छ। टिप्परका सहचालक जिल्लाको मेलौली नगरपालिका–१ का १९ वर्षीय रोहित दयालको दुर्घटनामा मृत्यु भएको हो।

बैतडी प्रहरीका अनुसार दुर्घटनामा परी टिप्परमुनि च्यापिएका उनको शव निकालिएको थियो। उनको शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा चालक मेलौली–१ कै २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन्। चालक प्रहरीको नियन्त्रणमा छन। उकालोमा गति तीव्र भएर मोडमा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

बिहिवार बिहान मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको रित्तो टिप्पर मेलौलीको लामालेकमा दुर्घटना भएको थियो। लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

 

कमेन्ट लोड गर्नुस