सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधका एजेण्टलाई पक्रिन डिआईजी केसीलाई मुख्यमन्त्री शाहको आग्रह

२०८० माघ ३, ०४:२९ खबर संवाददाता

धनगढीः सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लागुऔषधका मुख्य व्यापारी र एजेण्टलाई पक्राउ गर्न बुधवार प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीलाई आग्रह गरेका छन्।

सुदूरपश्चिमका युवाहरु लागुऔषध तथा दुव्र्यसनको शिकार भएको बताउदै मुख्यमन्त्री शाहले लागुऔषधको मुख्य कारोवार गर्ने डिलर एजेण्टहरु नियन्त्रणमा नआए लागुऔषध तथा दुव्र्यसनको अवस्था थप भयावह हुने बताए। प्रदेश सरकारका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय हो, उनले भने, ‘यसको जरैसम्म नपुगी यो अवस्थाबाट हामी पार पाउँदैनौ।’  त्यसका लागि डिलर र एजेण्टलाई पक्राउ गर्नुपर्छ। प्रदेश सरकार त्यसका लागि प्रहरीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छ।

डिआईजी केसीले निष्ठापूर्वक जिम्मेवारी निर्बाह गर्ने प्रतिबद्धता गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने सवालमा कहिल्यै नचुक्ने बताए। डिआईजी केसीले लागुऔषधका कारोवारलाई जरैबाट उखेल्ने प्रतिबद्धता समेत गरेका छन्।
 

कमेन्ट लोड गर्नुस