सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस सभापति देउवा छोरा जयविरसिंह माघमा बिहे गर्दै

२०८० माघ २, ०३:०० खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविरसिंह यही माघमा बिहे गर्दैछन्।

उनी प्रेमिका शिवाना श्रेष्ठसँग माघ २१ गते विवाह गर्न लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा जयवीरले शिवानासँग इन्गेजमेन्ट गरेका थिए। इन्गेजमेन्ट भएको आठ महिनापछि उनीहरु वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। दुबै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

कमेन्ट लोड गर्नुस