सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल र डिजेलको मुल्य धनगढी भन्दा दीपायलमा मंहगो

फाइल फोटो
फाइल फोटो
२०८० माघ २, ०१:०० खबर संवाददाता

धनगढीः नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ घटाएको हो। तर धनगढीको भन्दा दीपायमा पेट्रोलको मूल्य मंहगो पर्ने गरेको छ। मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, वीरगन्जमा र धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ दशमलव ५० र डिजेलको मूल्य १५३ दशमलव ५० रुपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस