डोटीमा मोटरसाइकको ठक्करबाट एक महिला घाइते

डोटीः डोटीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन।
सोमबार विहान शिखर नगपालिका–८ गोपघाटमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल अनियन्त्रित भएर पैदल यात्री शिखर नगरपालिका–८ चन्कुडाकी ७२ वर्षीया जगुली देवी बलायरलाई ठक्कर दिएको थियो।
डडेल्धुरातर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ प १० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४१७ नम्बरको अटो आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए। घाइते बलायरको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी पठाइएको छ। उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ।



