सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका भित्री बस्तीमा सडक बत्तीको दुरुपयोग, दिनभरी हुन्छ खुल्लै

२०८० माघ १, १२:४७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका भित्री बस्तीहरुमा सडक बत्तीको दुरुपयोग हुने गरेको पाइएको छ। उपमहानगरभित्रका अधिकांश भित्री बस्तीका सडक बत्ती दिनभरी खुल्लै हुने गरेको पाइएको हो।

धनगढी उपमहानगरपालिकाले १९ वटै वडाहरूका बस्ती तथा टोलहरूमा सडक बत्ती जडान गरेको छ। तर, ती सडक बत्तीहरू दिन–रात समान किसिमले बली रहेका हुन्छन्। मुख्य सडकमा बत्ती निभाइने भए पनि भित्री सडकमा वडा कार्यालयहरूले जडान गरेका बत्ती निभाइदैनन्।

No description available.

बत्ती जडान गराउन ताकेता गर्ने स्थानीयले बिहान बत्तीको स्वीच अफ नगर्दा बिजुलीको पोलहरूमा बत्ती बलिरहेको देख्न सकिन्छ। धनगढी–८ धनगढी–जुगेडा सडकमा भेटिएका विक्रम थापाले धनगढी–जुगेडा सडकमा रहेका बत्ती कसैले ननिभाउने गरेको बताए। उनले स्थानीयले बत्ती अफ नगर्दा वडा नम्बर ८ को धनगढीगाउँ, वडा नम्बर १० को घुइँयाघाट र वडा नम्बर १२ को जुगेडामा सडक बत्ती दिनभर अन हुने गरेको बताए।

No description available.

वडा कार्यालय मार्फत बत्ती अफ नगर्ने स्थानमा अफ गर्न अनुरोध गर्नुपर्ने थापाको भनाइ छ। हरेक वर्ष दसैं र तिहारमा टोल तथा बस्तीका प्रत्येक पोलमा बत्ती जडान गर्न ताकेता गर्ने स्थानीयले बत्ती जडान गरेपछि बिहान बन्द गर्ने दायित्व भने निर्वाह गर्न सकेका छैनन्। जसका कारण उपमहानगरले दिनमा बत्ती जलाउँदा बढ्ने बिजुलीको बिल पनि विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ।

कमेन्ट लोड गर्नुस