कञ्चनपुरमा करिब तीन लाखका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा करिब तीन लाखका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका-६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ७१ हजार ५ सय मूल्य बराबरको चिनि, प्याज, तेल, दाल, प्लास्टिक झिल्लि, किरानाका सामान, लत्ताकपडा लगायतका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका-११ बिद्युत कार्यालय नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २४ हजार ४ सय मूल्य बराबरको चिनि, मिश्री, चौका, बेलुन, ब्याटमेन्टन, कर्क, टाउजर बरामद गरेको छ। जम्मा २ लाख ९५ हजार ९ सय मूल्य बराबरको सामान आईतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जनाकारी दिए।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २४ हजार मूल्य बराबरको चिनी, आन्टी, चक्लेट लगायतका समान र धनगढी उपमहानगरपालिका-९ सालघारीबाट अन्दाजी ३७ हजार मूल्य बराबरको माछा र प्याज बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।



