सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक बालकको रूखमा च्यापिएर मृत्यु

२०८० पुष २९, ०७:३८ खबर संवाददाता

अछाम : अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको  दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो। 

उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए। 

कमेन्ट लोड गर्नुस