सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चैतन्य स्कुलले माघी मिलन उत्सव मनायो

२०८० पुष २७, ०७:४२ खबर संवाददाता

धनगढीः धनगढी– ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले माघी मिलन उत्सव मनाएको छ। शुक्रवार विद्यालयमा माघी मिलन उत्सव मनाइएको हो।

 शिक्षासँगै संस्कारलाई प्राथमिकता दिँदै आएको चैतन्य पाठशालाले विभिन्न अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। कला, संस्कार, संस्कृति र मौलिक चिन्तन र ज्ञानबाट वर्तमानको आवश्यकता पूरा गर्न सक्ने नागरिक तयार गर्न पाठशालाले नियमित सिकाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिइरहेको विद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद जोशीले बताए।

 कार्यक्रममा थारु सांस्कृतिक नृत्य र संगीत प्रस्तुत गरिएको थियो। माघी उत्सवमा सुदूरपश्चिमको मौलिक खानाका परिकारको प्रर्दशनी गरेको थियो। शिक्षासँगै विद्यार्थीमा कला र संस्कृती, मूल्य र मान्यता  जागृत गराउँदै दक्ष, क्षमतावान र अब्बल बिद्यार्थी उत्पादन गर्ने उदेश्य पाठपाशालाको अध्यक्ष अध्यक्ष जोशीले बताए। उनले शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए। चैतन्य पाठशालकाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि चैतन्य पाठशालाका प्रमुख सल्लाकार एवं चैतन्य ईन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका  अध्यक्ष डाक्टर  हेमराज पन्त रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर पन्तले कला संस्कृतिलाई हामी सबैले जोग्रेर्ना गर्नुपर्ने बताएका थिए । उनले सुदूरपश्चिमको पहिचान, कला र संस्कृतिलाई  भुल्न नहुने भन्दै नयाँ  पुस्तालाई संस्कृतीको हस्तान्तरण हुनुपर्ने बताए। उनले संस्कृतिको जगेर्ना नगरिए आउने पुस्ताको सांस्कृतिक पहिचान गुम्ने खतरा भएकाले सबैले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने बताए। संस्कृति बचाउन र परिस्कृत गर्न सबैको सहयोग र हातेमालो आवश्यक रहेको प्राध्यापक पन्तले बताए।

कार्यक्रममा विशिष्ट  अतिथिको रुपमा धनगढी उपमहानरपालिका वडा ५ का अध्यक्ष गजेन्द्रबहादुर शाही ,धनगढी उपमहानगरपालिका वडा नमबर ६ का  अध्यक्ष भागीराम चौधरी, वडा नम्बर ७ का अध्यक्ष मोतीलाल राना, वडा न ८ का  अध्यक्ष जगुराम चौधरी, चैतन्य पाठशालाका शिक्षक अभिभावक संघका अध्यक्ष  ईश्वर गिरीलाई आमन्त्रण गरिएको थियो। कार्यक्रमा अभिभावक, चैतन्य पाठशालाका  प्रिन्सीपल अशोक राज खाती बिद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रिन्सिपल कटकबहादुर सिंहले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षिका  हेमा जोशीले गरेका थिए।
 

कमेन्ट लोड गर्नुस