सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा यातायातमा लगानी गर्ने प्रदेश ३ सरकारको निर्णय

। फोटो स्रोत ।
२०७६ वैशाख २६, ०७:१८ खबर संवाददाता

प्रदेश ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरूको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस